पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टीतेलको घट्यो

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ। आइतबार बिहानैदेखि लागू हुनेगरी निगमले पेट्रोलको मूल्य बढाएको र डिजेल तथा मट्टीतेलको मूल्य घटाएको हो। निगम सञ्चालक समितिको शनिबार बसेको बैठकले मध्यरातदेखि लागू हुने गरी पेट्रोलको साबिकको बिक्री मूल्यमा प्रतिलिटर १ रुपैयाँ बढाएको र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर ४ रुपैयाँले घटाएको हो।

Advertisement 1

मूल्य समायोजनसँगै पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर १६५ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १६७ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १६५ रुपैयाँ कायम भएको छ। यस्तै, डिजेल र मट्टीतेल पहिलो वर्गका लागि प्रतिलिटर १५३ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १५५ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर रु १५६ रुपैयाँ कायम गरिएको छ।

निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपो पहिलो वर्ग, सुर्खेत र दाङ दोस्रो तथा काठमाडौँ, पोखरा र दिपायलस्थित डिपोलाई तेस्रो वर्गमा वर्गीकरण गरेको छ।

Advertisement 2

इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा रु ०.५८ बढेर र डिजेलमा रु ३.५९ घटेर आएकाले मूल्य समायोजन गरिएको निगमले स्पष्ट पारेको छ।

प्रकाशित :२०८१ फाल्गुन ३, शनिबार २३:२१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry