२७ सय रुपैयाँ घट्यो सुनको मूल्य

काठमाडौं। नेपाली बजारमा आइतबार सुनको मूल्य प्रतितोला २७ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य घटेको हो।
Advertisement 1
आइतबारका लागि सुनको मूल्य प्रतितोला १ लाख ६७ हजार ५ सय रुपैयाँ तोकिएको छ। शुक्रबार सुनको कारोबार प्रतितोला १ लाख ६७ हजार २ सय रुपैयाँमा भएको थियो।
त्यस्तै आइतबार चाँदीको मूल्य प्रतितोला १९ सय ५५ रुपैयाँ तोकिएको छ। शुक्रबार चाँदीको कारोबार प्रतितोला १९ सय ७० रुपैयाँमा भएको थियो।
प्रकाशित :२०८१ फाल्गुन ४, आईतवार १०:४३
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%