१ लाख ७० हजार रुपैयाँ नाघ्यो सुनको मूल्य

काठमाडौं। नेपाली बजारमा मंगलबार सुनको मूल्य १ लाख ७० हजार रुपैयाँ नाघेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा ६ सय रुपैयाँले मूल्य बढेपछि मंगलबार नयाँ उचाइमा पुगेको हो।
Advertisement 1
मंगलबारका लागि सुनको मूल्य प्रतितोला १ लाख ७० हजार २ सय रुपैयाँ तोकिएको छ। सोमबार सुनको कारोबार प्रतितोला १ लाख ६९ हजार ६ सय रुपैयाँमा भएको थियो।
मंगलबार चाँदीको मूल्य प्रतितोला १९ सय ४५ रुपैयाँ तोकिएको छ। सोमबार चाँदीको कारोबार प्रतितोला १९ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।
प्रकाशित :२०८१ माघ २९, मंगलवार ११:२२
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%