कोइलाबास नाकामा चहलपहल घटेसँगै राजस्व पनि घट्यो

घोराही (दाङ)। कोइलाबास भन्सार कार्यालयमा राजस्व संकलन घटेको छ। कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को छ महिनामा रु ७१ लाख मात्र राजस्व संकलन गरेको छ।

Advertisement 1

नाकामा भारतीय पक्षबाट कडाइ गरिँदा आवतजावत कम भएकाले राजस्व पनि कम उठेको कार्यालयले जनाएको छ। ‘भारत प्रवेश गर्दा कडाइ गरेका कारण यहाँबाट आवतजावत गर्नेको संख्या घट्दै गएको छ,’ कार्यालयका निमित्त प्रमुख वसन्त रजौरेले भने। यो बाटो भएर भारत प्रवेश गर्दा नेपाली नागरिकता, लाइसेन्सजस्ता सक्कली कागजपत्र भारतीय सुरक्षाकर्मीले राखिदिने गरेको स्थानीयको गुनासो छ। ग्त साउनमा १२ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य कार्यालयले लिएको थियो। यसमा ९ लाख रुपैयाँ राजस्व उठेको थियो।

यो लक्ष्यको ७६ प्रतिशत हो। लक्ष्यभन्दा २ लाख ७६ हजार रुपैयाँ कम राजस्व संकलन भएको छ। भदौमा १३ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो। यसमा ६ लाख रुपैयाँ राजस्व संकलन भएको छ। लक्ष्यभन्दा ७ लाख रुपैयाँ कम राजस्व संकलन भएको छ। असोजमा १३ लाख २६ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य लिइएकोमा ७ लाख रुपैयाँ संकलन भएको छ। यो लक्ष्यभन्दा ६ लाख रुपैयाँ कम हो। कात्तिकमा १२ लाख ८९ हजार राजस्व संकलन गर्ने लक्ष्य रहेकामा ९ लाख रुपैयाँ संकलन भएको छ। यो ७०.९० प्रतिशत हो।

Advertisement 2

तर पनि लक्ष्यभन्दा रु तीन लाख कम राजस्व संकलन भएको छ। मङ्सिरमा १३ लाख ६८ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिइएकोमा ९ लाख रुपैयाँ संकलन भएको छ। यो ६५.१४ प्रतिशत हो। लक्ष्यभन्दा रु चार लाख ७६ कम राजस्व संकलन भएको छ। पुसमा रु १३ लाखको लक्ष्य लिएकामा रु ३० लाख संकलन गरिएको छ। यो लक्ष्यको दुई सय २९ दशमलव ९२ प्रतिशत बढी हो। लक्ष्यभन्दा रु १७ लाख बढी राजस्व संकलन भएको निमित प्रमुख रजौरे बताँछन्। भन्सार कार्यालयले चालु आवमा रु एक करोड ६५ लाख राजस्व संकलन गर्ने लक्ष्य राखेको निमित प्रमुख रजौरेले बताए। कोइलाबास भन्सारको राजस्वको स्रोत भनेको अस्थायी पैठारी हो।

भारतीय सवारी साधनबाट उठाउने राजस्व नै प्रमुख स्रोतका रूपमा लिइएको उनले बताए। भारतबाट नेपाल आउने गाडीलाई दैनिक ६ सय रुपैयाँ र मोटरसाइकलबाट प्रतिदिन २ सय रुपैयाँ लिने गरेको उनी बताउँछन्। भारतबाट नेपाल प्रवेश गर्ने सवारीसाधनबाट र केही खाद्यान्नलगायत अन्य सामग्रीबाट उठ्ने गरेको भन्सार कार्यालयले जनाएको छ।

Advertisement 3

भारतबाट कोइलबास क्षेत्रसँगै रामजानकी मन्दिर, प्युठानको स्वर्गद्वारी मन्दिर, दाङको चौघेरा मन्दिरलगायत ठाउँमा पूजापाठ तथा घुमफिरका लागि आउने मानिसले प्रयोग गर्ने सवारीसाधनबाट बढी मात्रामा राजस्व संकलन हुने गरेको कार्यालयले जनाएको छ।

प्रकाशित :२०८१ माघ १३, आईतवार १४:५९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry