अमेरिकाको आगलागीले सिकाएको पाठ

शक्तिको जतिसुकै ध्वास लगाएपनि, त्यो भन्दा ठुलो शक्तिका सामु कसैको केही लाग्दो रैनछ। आफूलाई विश्वकै शक्तिशाली राष्ट्र घोषित गर्दै अरुलाई आफ्नो छत्रछायामा ओत लगाउन रुचाउने अमेरिका आज यसरी निरीह बन्नुपर्ने दिन आउला भनेर कल्पना समेत गरेको थिएन होला!
Advertisement 1
आफ्नो नजर अगाडि नै हेर्दाहेर्दै सुन्दर शहर आगोको मुस्लोले खण्डहरमा परिणत गराइदिएको दृश्यले अमेरिकी शक्तिलाई चुनौती मात्रै दिएको छैन विश्वलाई नै स्तब्ध बनाएको छ। २०२५को पहिलो हप्ता हेर्दाहेर्दै देख्दादेख्दै विकसित, शक्ति र स्रोत सम्पन्न राष्ट्र अमेरिकाको शहर लस एन्जल्स खरानीमा परिणत भएको छ, आगलागी अहिलेसम्म नियन्त्रणमा आएको छैन। आगलागीमा परी दुई दर्जन बढीले ज्यान गुमाएका छन। लस एन्जल्सको जंगलबाट फैलिएको आगो हलिउड हिल्ससम्म पुगेको छ। गगनचुम्बी घरहरू खरानीमा परिणत भइसकेका छन्। दशौं हजारौं संरचना जलेर नष्ट भइसकेका छन्। लाखौं मानिस घरबारबिहीन भएका छन्। आफ्नो सम्पूर्ण शक्ति परिचालन गर्दा पनि आगोलागी नियन्त्रणमा आउन सकेको छैन। Direct energy weapon, laser radiation, satellite , micro wave energy कतै प्रयोग भएको त होइन?
आज विश्व कता जाँदैछ। विज्ञानका research गर्नेकर्ताहरूले कतै गलत प्रयोग गरेका त हैनन्। लस एन्जल्स कतै प्रयोगशालाको रुपमा प्रयोग भएको त होइन? प्रश्न अनेकौं उब्जेका छन्। विगतमा कृतिम वर्षाको विरोध गर्नेहरू आज लस एन्जल्समा लागेको आगलागीको भयानक दारुणिक किर्तिम वर्षाको पक्षमा देखिन मात्रै हैन लस एन्जल्स यो वर्षाको सम्भावना थियो कि थिएन? प्रश्न उब्जाउन थालेका छन। खाडी मुलुक दुबई कृत्रिम वर्षाको प्रयोग गर्दा विरोध गर्ने आज लस एन्जल्समा धन, जन, जैविक, जनावर, वन्यजन्तुहरूको क्षति हुँदा कृतिम वर्षाको बहस कहाँ पुग्यो? सन् २०११ सेप्टेम्बर ११ गते लस एन्जल्सतर्फ उडिरहेको यात्रु विमानलाई अपहरणकारीले अपहरण गरि ११० तला भएको विश्व व्यापार केन्द्रका दुई गगनचुम्बी भवनको उत्तरी भवनमा ठोक्काएर गरेको आक्रमण र क्षतिपछिको यो आगो लागि ठूलो क्षति हो अमेरिकाका लागि। अन्तर्राष्ट्रिय जगतमा geopolitics यस्ता आगालागीका घटनाले के–कस्तो प्रभाव पार्न सक्छ, शक्ति राष्ट्रहरू बीचमा हुने चुनौतीमा के–कस्ता असर गर्दछ यसले सुरक्षामा कस्ता चुनौती असर गर्दछ भन्ने कुरा संयुक्त राष्ट्रसंघले विश्लेषण गर्नुपर्छ जस्तो लाग्छ।
Advertisement 2
आगोलागीको १० दिनसम्म पनि नियन्त्रणमा आउने कुनै सम्भावना देखिएको छैन। हावाको तिब्र गतिका कारण डडेलो झनै तीब्र बनेको हो। आगो फैलिनको लागि तीन बस्तुको संयोजन हुन्छ। ताप अक्सिजन र इन्धन। बलिरहेको आगोबाट यी तीन बस्तुबाट एउटा मात्रै बस्तु निकाल्न सकियो भने पनि आगोलाई नियन्त्रणमा लिन सकिन्छ। जनवरी ७ देखि लागेको यो आगोले लगभग वासिन्टन डिसी जत्तिकै क्षेत्रलाई जलाएको छ। निकै खतरापूर्ण अवस्थाको बाबजुद पनि साढे ८ हजार अग्नी नियन्त्रक आगो निभाउन गरेको अथक प्रयास पनि अहिले विफल भैरहेको छ। आगो कहिले नियन्त्रणमा आउला भनेर अनुमान लगाउन सक्ने अवस्था थिएन। लस एन्जल्समा लागेको आगोमा परि नेपालीको ज्यान गएको खबर सुन्न परेको छैन। त्यहाँ बसोबास गर्ने नेपालीहरुलाई सुरक्षित रहन अनुरोध र प्रार्थना गर्दै आगलागी प्राकृतिक विपत्ति हो, प्रकृतिमाथि खेलवाड नगरौँ।