बुधबार ४ सय रुपैयाँ बढ्यो सुनको मूल्य
काठमाडौं। नेपाली बजारमा बुधबार सुनको मूल्य ४ सय रुपैयाँ प्रतितोलाका दरले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार सुनको मूल्य ४ सय रुपैयाँले बढेको हो।
Advertisement 1
बुधबारका लागि सुनको मूल्य प्रतितोला १ लाख ५५ हजार ४ सय रुपैयाँ तोकिएको छ। यसअघि मंगलबार सुनको कारोबार प्रतितोला १ लाख ५५ हजार रुपैयाँमा भएको थियो।
त्यस्तै मंगलबारका तुलनामा बुधबार चाँदीको मूल्य पनि बढेको छ। मंगलबार प्रतितोला १८ सय २० रुपैयाँका दरले कारोबार भएको चाँदीको मूल्य बुधबारका लागि १८ सय ३० रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ।
Advertisement 2
यसअघि पुस मसान्तमा सुनको कारोबार प्रतितोला १ लाख ५५ हजार ८ सय रुपैयाँ र चाँदीको कारोबार प्रतितोला १८ सय ६० रुपैयाँका दरले भएको थियो।
प्रकाशित :२०८१ माघ २, बुधबार १०:४९
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%