१९ प्रहरी बेपत्ता, स्पष्टीकरणसहित हाजिर हुन हेडक्वाटरको अनुरोध

कार्यालयको सम्पर्कमा नरहेका १९ प्रहरीलाई नेपाल प्रहरीले सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ ।

Advertisement 1

आफूखुशी कार्यालयको सम्पर्कमा नरहेका १९ प्रहरीलाई आइतबार सार्वजनिक सूचना प्रकाशित गरेर सम्पर्कमा आउन भनिएको हो । प्रहरी प्रधान कार्यालय नक्शालले गैरहाजिरी प्रहरीलाई स्पष्टीकरणसहित सम्पर्कमा आउन भनेको हो । सम्पर्कमा नरहेका प्रहरीहरु राजेश कुमार यादव, बसन्त गिरी, विदुर श्रेष्ठ, ऋषि पिठाकोटी थापा मगर, सन्तोष भट्ट, भुवन खत्री, बसन्त रोका, किरण मजाकोटी, पुरन चेम्जोङ, शैलेन्द्र यादव, मुकेश महतो, प्रकाश चौधरी, विनोद थिङ, महेन्द्र कुमार पौड्याल, प्रकाश दवाडी, सन्दिप पाण्डे, कमल कुमार बम्म, रमेश विक र सुरोज तामाङ हुन् ।

हप्तादिन भित्रसम्पर्कमा नआए उनीहरुलाई सेवाबाट हटाउने चेतावनी प्रहरी प्रधान कार्यालयले दिएको छ ।

Advertisement 2

प्रकाशित :२०८० असार १०, आईतवार ०९:०४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry