क्वालिफायर-२ : कर्णालीले जनकपुरलाई दियो ११९ रनको झिनो लक्ष्य

काठमाडौं। एनपीएलअन्तर्गत क्वालिफायर–२को बिहीबार दिउँसो भइरहेको खेलमा जनकपुर बोल्ट्सले जितका लागि कर्णाली याक्सबाट ११९ रनको लक्ष्य पाएको छ।
Advertisement 1
टस जितेर फिल्डिङ रोजेको जनकपुरले उक्त लक्ष्य पाएको हो। कर्णालीले निर्धारित ओभरमा ९ विकेट गुमाएर ११८ रन बनाएको हो। उसका लागि गुल्शन झाले सर्वाधिक २५ रन बनाए।
त्यस्तै देव खनालले २४ तथा विलियम बोसिस्टोले १४ रन बनाए। त्यस्तै जीशन मक्सुद र उनिश ठकुरीले १२–१२ रन बनाए।
Advertisement 2
बोल्ट्सका लागि ललित राजवंशी, जेम्स निशम र महम्मद मोसिनले २–२ विकेट लिए। यो खेल जित्ने टिमले शनिबार सुदूरपश्चिम रोयल्ससँग उपाधिका लागि खेल्नेछ।
प्रकाशित :२०८१ पुष ४, बिहीबार १४:१०
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%