६४ जिल्लामा नेपाल खनाल पक्षको समान्तार कमिटी

{"caption":"u092bu093eu0907u0932 u0924u0938u094du092cu093fu0930 : u092cu093fu091cu0941 u092eu0939u0930u094du091cu0928\/u0915u093eu0928u094du0924u093fu092au0941u0930","photographer":"","alt_text":""}

नेकपा एमालेको माधवकुमार नेपाल–झलनाथ खनाल समूहले ६४ जिल्लामा समानान्तर कमिटी गठन गरेको छ ।
यसरी गठन गरिएका जिल्ला कमिटीहरुमा ३३ जना पुरानो जिल्ला कमिटीकै अध्यक्ष छन् भने ३१ जना नयाँलाई अध्यक्ष बनाएर जिल्ला कमिटीलाई पुनर्गठन गरेको नेपाल पक्षको दाबी छ ।

Advertisement 1

अदालतको फैसलाअनुसार २०७५ जेठ २ गतेको पार्टी संरचनाहरु ब्युँताउनु पर्ने माग गर्दै आएको यो समूहले समानान्तर कमिटी गठनलाई तीब्र बनाएको छ । ‘आजसम्म ६४ जिल्ला कमिटीको पुनर्गठन गरिसकियो । जसमा ३३ जना एकीकरण हुँदाको समयका तत्कालीन अध्यक्षहरुले निरन्तरता पाउनु भएको छ भने बाँकी नयाँ व्यक्तिलाई अध्यक्ष बनाएर जिल्ला कमिटीलाई पुनर्गठन गरेका छौं’ नेता बेदुराम भुसाल भन्छन्, ‘अहिले निरन्तर रुपमा यो काम चल्दै छ । केही दिनमा सबै जिल्लाका कमिटीहरु पुनर्गठन भइसक्छ ।’

अहिलेसम्म खनाल–नेपाल समूहले आफ्नो पक्षमा अध्यक्ष रहेका जिल्ला कमिटीमा सदस्य थपेको छ भने केपी ओलीतर्फका जिल्ला अध्यक्षलाई नयाँ व्यक्तिले प्रतिस्थापन गरेको छ ।

Advertisement 2

गत फागुन २३ मा सर्वोच्च अदातलको फैसलाले माओवादी केन्द्रसँगको एकता भंग गरिदिएपछि खनाल–नेपाल पक्षले २०७५ जेठ २ गतेको संगठन ब्युँतिएको बताउँदै आएको छ । तर ओलीले फागुन २८ गते आफ्नो पक्षका केन्द्रीय सदस्यलाई मात्रै राखेर पार्टीको केन्द्रीय कमिटी विस्तार गरेपछि खनाल–नेपाल पक्षले समानान्तर कमिटी बनाउने निर्णय लिएको थियो ।

चैत ४ र ५ गते राजधानीमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरेर खनाल–नेपाल पक्षले २०७५ जेठअघिको पार्टी संरचना ब्युँताउने निर्णय गरेको थियो । त्यसैअनुसार खनाल नेपाल पक्षले विभिन्न प्रदेशमा इन्चार्ज तोक्दै संगठन संरचनामा निर्माण गरेको छ ।
प्रदेश १ मा भीम आचार्य, २ मा घनश्याम भुसाल, बागमतीमा अष्टलक्ष्मी शाक्य, गण्डकीमा सुरेन्द्र पाण्डे, लुम्बिनीमा युवराज ज्ञवाली, कर्णालीमा प्रकाश ज्वाला र सुदूर पश्चिममा भीम रावललाई इन्चार्ज तोकिएको छ।

Advertisement 3

जिल्लास्तरमा इलाम र झापाको नेतृत्वमा चयन भइसके पनि कमिटी घोषणा गरिएको छैन । सोलु, ओखलढुंगा, महोत्तरी, मनाङ, मुस्ताङ, पाल्पा, कपिलवस्तु, कालीकोट, डोल्पासहितका जिल्ला अध्यक्षको टुङ्गो लाग्न बाँकी रहेको भुसालले जानकारी दिए ।

नेपाल पक्षका जिल्ला अध्यक्षहरु :
प्रदेश एक
ताप्लेजुङ– बलबहादुर साम्सोहाङ
पाँचथर– कमल जगेबु
इलाम– भक्त केसी
झापा– देवराज रेग्मी
मोरङ– चन्द्रवीर राई
सुनसरी– रमेश बस्नेत
धनकुटा– अर्जुन राई
तेह्रथुम– लक्ष्मण तिवारी
संखुवासभा– हेमराज घिमिरे
भोजपुर– शरण राई
खोटाङ– बबी चाम्लिङ
उदयपुर– ईश्वरमणि राउत

प्रदेश दुई
सप्तरी– गोविन्द न्यौपाने
सिराहा– प्रमोदनारायण यादव
धनुषा– रामचन्द्र पण्डित
सर्लाही– रेवती पन्त
रौतहट– कमल राय यादव
बारा– सुन्दर विश्वकर्मा
पर्सा– बालगोपाल थापा

बागमती प्रदेश
सिन्धुली– सूर्य पाख्रिन
रामेछाप– शान्ति पौडेल
दोलखा– भीम दाहाल
काभ्रे– टोपबहादुर बाइवा
सिन्धुपाल्चोक– झंक नेपाल
नुवाकोट– नारायण खतिवडा
धादिङ– शिवराज कँडेल
मकवानपुर– मुनु सिग्देल
चितवन– तेजेन्द्र खड्का
काठमाडौ– वसन्त मानन्धर
ललितपुर– हरिकृष्ण थापा
भक्तपुर– राजन बिसी

गण्डकी प्रदेश
गोरखा– यादव बस्नेत
तनहुँ– शंकर नारायण श्रेष्ठ
लम्जुङ– रामबाबु अधिकारी
म्याग्दी– बालकृष्ण सुवेदी
बाग्लुङ– इन्द्रलाल सापकोटा
पर्वत– भक्त कुँवर
कास्की– धनराज आचार्य
स्याङ्जा– रामचन्द्र भट्टराई
नवलपरासी पूर्व– धनञ्जय शर्मा

लुम्बिनी प्रदेश
रुपन्देही– राजु गुरुङ
गुल्मी– सोमनाथ सापकोटा
अर्घाखाँची– रामबहादु चौहान
दाङ– टीकाराम खड्का
प्युठान– भोजविक्रम बुढा मगर
पूर्व रुकुम– भिउमान घर्ती
रोल्पा– हरि घर्ती
बाँके– अशोक कोइराला
बर्दिया– रमेशप्रसाद सापकोटा

कर्णाली प्रदेश
सुर्खेत– ध्रुव शाही
दैलेख– नरनाथ योगी
सल्यान– उदय बोहोरा
पश्चिम रुकुम– बिमल पुन
मुगु– धर्मराज शाही
जजरकोट– करवीर शाही
जुम्ला– तीर्थ बुढा
हुम्ला– दल रावल

सुदूरपश्चिम प्रदेश
बैतडी– महादेव भट्ट नयाँ
डडेलधुरा– डा तारा जोशी
कंचनपुर– तारा लामा
कैलाली– दीर्घ सोडारी
अछाम– शेरबहादुर कुँवर
डोटी– चक्र मल्ल
बाजुरा– गगन रावल
बझाङ– दिलबहादुर सिंह

प्रकाशित :२०७७ चैत्र ३०, सोमबार ०६:३४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry