४ सय रुपैयाँ बढ्यो सुनको मूल्य

काठमाडौं। नेपाली बजारमा समेबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनमा सोमबार सुनको मूल्य ४ सय रुपैयाँका दरले बढेको हो।

Advertisement 1

सोमबार पुस महिनाको पहिलो कारोबार दिनसमेत रहेको दिन सुनको मूल्य प्रतितोला १ लाख ५१ हजार २ सय रुपैयाँ मूल्य तोकिएको छ।

यसअघि आइतबार सुनको कारोबार प्रतितोला १ लाख ५० हजार ८ सय रुपैयाँका दरले भएको थियो।

Advertisement 2

त्यस्तै आइतबार प्रतितोला १८ सय ४० रुपैयाँका दरले कारोबार भएको चाँदीको मूल्य सोमबार यथावत् रहेको महासंघले जानकारी दिएको छ।

प्रकाशित :२०८१ पुष १, सोमबार १०:५८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry