एक साताभित्रै रिक्त स्थानीय तहका पदाधिकारीको विवरण पठाउन पत्राचार
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका रिक्त रहेका पदाधिकारीहरूको विवरण पठाउन पत्राचार गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै जिल्ला समन्वय समितिहरूलाई पत्राचार गर्दै एक साता भित्र यस्तो विवरण पठाउन पत्राचार गरिएको छ ।
मन्त्रालयका शाखा अधिकृत महेश कुमार दाहालद्धारा हस्ताक्षरित पत्रमा भनिएको छ, विविध कारणले रिक्त भएका स्थानीय तहका पदाधिकारीहरूको विवरण सात दिन भित्र उपलब्ध गराइदिनुहुन निर्देशन अनुसार अनुरोध गरिएको छ ।
प्रकाशित :२०७७ भाद्र २४, बुधबार २१:०९
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%