नेपाल एसबिआई मर्चेण्ट बैकिङ लिमिटेडको सञ्चालक समिति अध्यक्षमा विकास आनन्द
काठमाडौं। नेपाल एसबिआई मर्चेण्ट बैकिङ लिमिटेडको सञ्चालक समिति अध्यक्षमा विकास आनन्द चयन भएका छन्। सोमबार बसेको समितिको बैठकले उनलाई सञ्चालकको रुपमा मनोनित गर्दै सोही बैठकबाट अध्यक्षमा चयन गरिएको हो।
Advertisement 1
विकास आनन्द नेपाल एसबिआई बैंक लिमिटेडको प्रमुख सञ्चालन अधिकृतको पदमा कार्यरत रहेका छन्।
उनले नेपाल एसबिआई बैंक लिमिटेडको केन्द्रीय सञ्चालन, मानव संशाधन, कर्जा प्रशासन, सामान्य सेवा तथा कानूनलगायत विषय हेर्दै आएका छन्।
Advertisement 2
सञ्चालको रुपमा नियुक्त भएपछि उनले प्रचलित कम्पनी ऐन बमोजिम गोप्यता तथा इमान्दारिताको शपथ ग्रहण गरे।
प्रकाशित :२०८१ मंसिर १८, मंगलवार ११:२६
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%