१२ सय रुपैयाँ घट्यो सुनको मूल्य

काठमाडौं। नेपाल बजारमा सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार सुनको मूल्य १२ सय रुपैयाँ प्रतितोलाका दरले घटेको हो।

Advertisement 1

सोमबारका लागि सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ३ सय रुपैयाँ तोकिएको छ। आइतबार सुनको कारोबार प्रतितोला १ लाख ५० हजार ५ सय रुपैयाँमा भएको थियो।

सोमबार चाँदीको मूल्य २५ रुपैयाँ प्रतितोलाका दरले घटेको महासंघले जानकारी दिएको छ।

Advertisement 2

आइतबार प्रतितोला १८ सय ४० रुपैयाँका दरले कारोबार भएको चाँदीको मूल्य सोमबार प्रतितोला १८ सय १५ रुपैयाँ तोकिएको छ।

प्रकाशित :२०८१ मंसिर १७, सोमबार १०:५६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry