गाउँपालिका अध्यक्षले गरे प्रमुख प्रशासकीय अधिकृतलाई अस्वीकार

काठमाडौं। बाँकेको नरैनापुर गाउँपालिका अध्यक्षले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (स्थानीय तह कर्मचारी प्रशासन शाखा)ले सरुवा गरेर पठाएको प्रमुख प्रशासकीय अधिकृतलाई अस्वीकार गरेका छन्। नरैनापुर गाउँपालिका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले मन्त्रालयले पालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा पठाएको नवराज वलीलाई अस्वीकार गरेका हुन्।

Advertisement 1

‘अध्यक्षको सहमति बिना नरैनापुर गाउँपालिकामा मेरो सरुवा भएकोले अध्यक्षले हाजिर गराउने संचारमाध्यमबाट जानकारी प्राप्त भएकोले आफ्नो ज्यानलाई जोखिममा राखेर नरैनापुर नजाने मनसाय बनाएको छु, वलीले भने, ‘अध्यक्षले हाजिर नगराउने भएपछि पालिकामा जानुको अर्थ छैन।’

वलीलाई स्थानीय तह प्रशासन शाखाको मंसिर ९ गतेको निर्णयले अछामको पन्चदेवल विनायक नगरपालिकाबाट सरुवा गरेको थियो। हाल कार्यरत प्रमुख प्रशासकीय अधिकृत जनकलाल चौधरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरेपछि अध्यक्ष शाहले वलीलाई फिर्ता बोलाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई फोन गरेर जानकारी गराइ सकेका छन्।

Advertisement 2

उनले गाउँपालिका मन्त्रीले चलाएर नचल्ने भएकोले निष्पक्ष रुपमा काम गरिरहेको व्यक्तिलाई सरुवा गरेर पालिकामा भ्रष्टाचार ननिम्त्याउन आग्रह गरे। गाउँपालिकाको काम प्रभावित भए मन्त्री गुप्ताले नै जिम्मेवारी लिनुपर्ने बताउँदै कानुनविपरित गरिएको सरुवा रद्द गर्न आग्रह गरे।

उनले जनकलाल चौधरीको सरुवा नगर्न भनि लिखित रुपमा नै मन्त्रालयमा पत्राचार गरे पनि गाउँपालिका अध्यक्षको पत्रलाई मन्त्रीले बेवास्ता गरेकाले आफू कडा रुपमा प्रस्तुत हुने जिकिर गरे। गाउँपालिका भारतको सीमासँग जोडिएकाले भौगोलिक अवस्थाको बारेमा अध्ययन नगरीकनै पालिका अध्यक्षको सहमति समेत नलिएर व्यक्तिको राजनीतिक स्वार्थपूर्तिका लागि सरुवा गरिएकोले वलिलाई हाजिर हुन नदिने बताए।

प्रकाशित :२०८१ मंसिर १६, आईतवार १०:०८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry