बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं। आइतबारको तुलनामा सोमबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेको हो।
Advertisement 1
महासंघका अनुसार सोमबारका लागि सुनको मूल्य प्रतितोला १ लाख ६१ हजार र चाँदीको मूल्य प्रतितोला १९ सय २० रुपैयाँ तोकिएको छ।
यसअघि आइतबार सुनको मूल्य प्रतितोला १ लाख ६० हजार रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १९ सय ५ रुपैयाँ रहेको थियो।
प्रकाशित :२०८१ मंसिर ३, सोमबार १०:४४
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%