सय रुपैयाँ घट्यो सुनको मूल्य
काठमाडौं। मंसिर महिनाको पहिलो कारोबार दिन सुनको मूल्य सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य १ सय रुपैयाँले घटेको हो।
Advertisement 1
आइतबारका लागि नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ६० हजार रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ।
यसअघि कार्तिक मसान्तका दिन शुक्रबार प्रतितोला १ लाख ६० हजार १ सय रुपैयाँका दरले कारोबार भएको थियो। कार्तिक १५ सुनको मुल्य १ लाख ७१ ह्जार रुपैयाँ प्रतितोलाको उच्च मूल्यमा कारोबार भएको थियो।
Advertisement 2
आइतबार चाँदीको मूल्य प्रतितोला १९ सय ५रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ। यसअघि शुक्रबार चाँदीको कारोबार प्रतितोला ९ सय १० रुपैयाँमा भएको थियो।
आइतबार सुनको कारोबारका लागि मंसिर महिनाको पहिलो कारोबार दिन हो। शनिबार सार्वजनिक बिदाको महासंघले सुनचाँदीको कारोबार पनि बन्द गर्दै आएको छ।