४ सय रुपैयाँ घट्यो सुनको मूल्य

काठमाडौं। नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको हो।

Advertisement 1

बुधबारका लागि प्रतितोला १ लाख ६२ हजार २ सय रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ। यसअघि मंगलबार सुनको कारोबार प्रतितोला १ लाख ६२ हजार ६ सय रुपैयाँमा भएको थियो।

मंगलबारको तुलनामा बुधबार चाँदीको मूल्य बढेको महासंघले जानकारी दिएको छ। मंगलबार प्रतितोला १९ सय २५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबारका लागि १९ सय ४० रुपैयाँ प्रतितोला तोकिएको छ।

प्रकाशित :२०८१ कार्तिक २८, बुधबार ११:१४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry