काठमाडौं महानगरमा १०८ जनालाई रोजगारीको अवसर

काठमाडौं। काठमाडौं महानगरपालिकाले १०८ जना कर्मचारी माग गरेको छ। बुधबार सूचना जारी गर्दै महानगरपालिकाले कार्यालय सहयोगीदेखि मेडिकल अधिकृतसम्म कर्मचारी माग गरेको हो।

Advertisement 1

महानगरपालिकाले आगामी असार मसान्तसम्मका लागि करारमा नियुक्त गर्नका लागि कर्मचारी माग गरेको हो। महानगरले आठौं तहमा मेडिकल अधिकृत ४ जना माग गरेको छ।

त्यस्तै पाँचौं तहको ल्याब टेक्निसियन २९ जना, पाँचौं तहको फिजियोथेरापी असिस्टेन्ट ३२ जना, पाँचौं तहको स्टाफ नर्स ५ जना माग गरेको छ। त्यस्तै, फार्मेसी सहायक १० जना, रेडियोग्राफर र तथ्यांक सहायक १-१ जना माग गरेको छ।

Advertisement 2

त्यस्तै श्रेणीविहीन २६ जना कार्यालय सहयोगीसमेत माग गरिएको महानगरपालिकाले जानकारी दिएको छ।

प्रकाशित :२०८१ कार्तिक ७, बुधबार १२:२४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry