चितवन कारागारबाट भागेका १ सय कैदीबन्दी अझै फर्किएनन्

चितवन। जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये १ सय जना अझै फर्किएका छैनन्। ती मध्ये ११ जना भारतीय नागरिक छन्।

Advertisement 1

यस कारागारबाट भदौ २४ गते ४ जना नाबालकसहित ७४३ जना कैदीबन्दी भागेका थिए। ती मध्ये ६४३ जना फर्किसकेका छन्। कतिपय आफैँ फर्किएका हुन् भने केहीलाई प्रहरीले पक्राउ गरी ल्याएको हो। कार्यालय प्रमुख रवीन्द्रप्रसाद ढुङ्गानाका अनुसार गम्भीर प्रकृतिका कैदीबन्दीसमेत फरार हुँदा समुदायमा आपाराधिक घटना हुनसक्ने चिन्ता छ।

कारागार कार्यालयले गत असोज २० गतेसम्म कारागार कार्यालयको सम्पर्कमा आउनका लागि आग्रह गरेको थियो। कारागारले तोकेको समयसम्म सम्पर्कमा नआएमा कारागार ऐन २०७९ र प्रचलित कानुन अनुसार कारबाही गरिने जनाएको थियो। फरार कैदीबन्दीलाई लुकाउने, आश्रय दिने गरेको पाइएमा आश्रय दिने व्यत्तिलाईसमेत कसुरदार ठानी कारबाही गरिने छ।

Advertisement 2

हाल कारागारमा ३८ जना महिलासहित ६८५ जना कैदीबन्दी छन्।
–––

प्रकाशित :२०८२ फाल्गुन २८, बिहीबार १२:४७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry