१३ सय रुपैयाँले बढ्यो सुनको मूल्यमा नयाँ रेकर्ड
काठमाडौं। नेपाली बजारमा सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार सुनको मूल्य प्रतितोला १ लाख ६१ हजार ८ सय रुपैयाँ तोकिएको छ।
Advertisement 1
यसअघि मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ५ सय रुपैयाँ रहेको थियो।
सुनको उक्त मूल्य अहिलेसम्मकै उच्च हो। यसअघि असोज १८ गते सुनको मूल्य १ लाख ६१ हजार ३ सय रुपैयाँ पुगेको थियो।
Advertisement 2
दसैंको विदा हुनुअघि सुनको मूल्य प्रतितोला १ लाख ५९ हजार १ सय रुपैयाँ रहेको थियो। बुधबारका लागि चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँले बढेको महासंघले जानकारी दिएको छ।
महासंघका अनुसार मंगलबार प्रतितोला १९ सय २५ रुपैयाँका दरले कारोबार भएको चाँदीको मूल्य बुधबारका लागि प्रतितोला १९ सय ५० रुपैयाँ तोकिएको छ।
प्रकाशित :२०८१ आश्विन ३०, बुधबार १०:३७
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%