भोलीदेखि यातायातमा जोरविजोर लागू, व्यापार/ व्यवसाय खुल्ने
काठमाडौं जिल्ला प्रशासन कार्यालयले भोलीदेखि निषेधाज्ञा खुकुलो पार्ने भएको छ ।
काठमाडौं उपत्यकामा गत ४ भदौंदेखि जारी निषेधाज्ञा क्रमश खुकुलो पार्दै भोलीदेखि सार्वजनिक र नीजि सवारी साधन चलाउन दिने निर्णय भएको छ ।
यस्तै जिल्ला प्रशासन कार्यालयले व्यापार व्यवसाय गर्ने दिने भएको छ ।
Advertisement 1
बुधबार उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी सम्मिलित बैठकले निषेधाज्ञालाई खुकुलो पार्ने निर्णय गरेको हो। काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले गृह मन्त्रालयसँगको परामर्शपछि खुकुलो बनाउने निर्णय गरेका हुन्।
उपत्यकाको आन्तरिक सवारी जोरबिजोर प्रणालीबाट व्यवस्थित गर्ने र खाद्यान्नलगायत अत्यावश्यक सामग्रीका पसल दिनभर खोल्न पाइने बताए। अन्य व्यापार/ व्यवसाय पनि स्वास्थ्य सुरक्षाका उपाय अपनाएर खोल्न पाइनेछ।
एक साताको अवस्थालाई हेरेर निषेधाज्ञाबारे पुनर्विचार गरिने जिल्ला प्रशासन कार्यालयको भनाई छ ।