ज्ञवाली नबिल बैंकको महाप्रबन्धकमा बढुवा

नबिल बैंकले मनोजकुमार ज्ञवालीलाई महाप्रबन्धकमा बढुवा गरेको छ। बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले ज्ञवालीलाई महाप्रबन्धकमा बढुवा गरेको हो। १४ महिनाअघि नबिलको नायव महाप्रबन्धकमा नियुक्त भएका ज्ञवाली महाप्रबन्धकमा बढुवा भएका हुन्।
Advertisement 1
नबिल बैंकमा महाप्रबन्धकले डेपुटी प्रमुख कार्यकारीको हैसियतमा काम गर्न पाउने चलन छ। यसअघि ज्ञवाली बैंकको नायब महाप्रबन्धक थिए। ज्ञवालीले नायब महाप्रबन्धक पदमा हुँदा बैंकिङलाई भ्यालु एडिसनमा लैजान मद्दत गरेको भन्दै सञ्चालक समितिले महाप्रबन्धकमा बढुवा गरेको हो। नबिलमा महाप्रबन्धकलाई डेपुटी प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइने चलन छ। सुजित शाक्य र बिनय रेग्मी अहिले डेपुटी प्रमुख कार्यकारी अधिकृत छन्।अब ज्ञवाली पनि थपिएका छन्।
अब नबिल बैंकमा ज्ञवालीसँगै तीन जना महाप्रबन्धक पुगेका छन्।