भारतले नेपालमा १५ अर्ब रुपैयाँ अनुदानमा पेट्रोलियम पूर्वाधार बनाउने

काठमाडौं। नेपाल आयल निगम र इण्डियन आयल कर्पोरेसन (आईओसी)बीच नेपालमा पेट्रोलियम पूर्वाधार बनाउने सम्बन्धमा सम्झौता गरिएको छ। निगमका उच्चपदस्थ अधिकारी र भारत सरकारका अधिकारीहरुको उपस्थितिमा बिहीबार दिल्लीमा सम्झौता गरिएको हो। सम्झौताअनुसार नेपालमा पेट्रोलियम पूर्वाधार बनाउन भारतले करिब १५ अर्ब रुपैयाँ अनुदान उपलब्ध गराउने भएको छ।

Advertisement 1

सम्झौताअनुसार भारतको सिलगुडीदेखि नेपालको झापास्थित चारआलीसम्म ५० किलोमिटर लामो पेट्रोलियम पाइपलाइन निर्माणको काम चाँडै अघि बढ्ने नेपाल आयल निगमले जानकारी दिएको छ। त्यस्तै झापाको चारआलीमा १८ हजार ९ सय किलोलिटर क्षमताको स्मार्ट ग्रीनफिल्ड टर्मिनल भारत सरकारको अनुदानमा निर्माण हुने निगमले जानकारी दिएको छ।

त्यस्तै अमलेखगञ्जबाट चितवनको लोथरसम्म ६२ किलोमिटर लामो पेट्रोलियम पाइपलाइन पनि भारत सरकारले अनुदानमा बनाइदिने भएको छ। त्यस्तै चितवनको लोथरमा ९१ हजार ९ सय किलोलिटर क्षमताको स्मार्ट ग्रिनफिल्ड टर्मिनल निर्माणमा भारतको प्राविधिक सहयोग रहने निगमले जानकारी दिएको छ।

Advertisement 2

समग्रमा भारत सरकारले निगमका पूर्वाधार बनाउन १५ अर्ब रुपैयाँ अनुदान उपलब्ध गराउने निगमको भनाइ छ। सम्झौता कार्यक्रममा निगमका कार्यकारी निर्देशक डा. चण्डिका भट्ट र आईओसीका डाइरेक्टर सेन्थ कुमार, भारत सरकारका पेट्रोलियम तथा नेचुरल ग्यास सचिव पंकज जैन तथा आईओसीका अध्यक्ष सतिस कुमारको उपस्थिति थियो।

प्रकाशित :२०८१ आश्विन १८, शुक्रबार ११:५१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry