५ सय घट्यो सुनको मूल्य, चाँदीको पनि घट्यो

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य ५ रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको हो।
Advertisement 1
सोमबार प्रतितोला १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबारका लागि १ लाख ६० हजार रुपैयाँ तोकिएको छ।
त्यस्तै सोमबार प्रतितोला १९ सय ४० रुपैयाँका दरले कारोबार भएको चाँदीको मूल्य मंगलबारका लागि १९ सय २५ रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ।
Advertisement 2
यसअघि यही असोज ११ गते सुनको मूल्य अहिलेसम्मकै उच्च १ लाख ६१ हजार २ सय रुपैयाँ रहेको थियो।
									
										प्रकाशित  :२०८१ आश्विन १५, मंगलवार १०:४१																			
								
								यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
            
            like
0%
            
            love
0%
            
            haha
0%
            
            wow
0%
            
            sad
0%
            
            

								





 
                            
 
                            
 
                            
 
                            
 
                            

