लगातार १ हप्ता बढेको सुनको मूल्य ६ सय रुपैयाँले घट्यो

काठमाडौं। नेपाली बजारमा एक सातापछि सुनको मूल्य बढ्ने क्रम रोकिएको छ। गत आइतबारदेखि शुक्रबारसम्म निरन्तर बढेको सुनको मूल्य आइतबार घटेको हो।

Advertisement 1

शुक्रबार प्रतितोला १ लाख ६१ हजार २ सय रुपैयाँका दरले कारोबार भएको सुनको मूल्य आइतबारका लागि १ लाख ६० हजार ६ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

यसअघि असोन ३ गते प्रतितोला १ लाख ५५ हजार ६ सय रुपैयाँका दरले कारोबार भएको सुनको भाउ त्यसयता निरन्तर बढ्दै आइको थियो। आइतबारका लागि चाँदीको मूल्य प्रतितोला १९ सय ४५ रुपैयाँ तोकेको छ।

प्रकाशित :२०८१ आश्विन १३, आईतवार ११:३२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry