सुनको मूल्यमा लगातार तेस्रो दिन नयाँ रेकर्ड
काठमाडौं। नेपाली बजारमा सुनको मूल्यमा लगातार तेस्रो दिन पनि नयाँ रकेर्ड कायम भएको छ।
Advertisement 1
आइतबार प्रतितोला १ लाख ५६ हजार ८ सय रुपैयाँको उचाइमा पुगेको सुनको मूल्य सोमबारका लागि प्रतितोला १ लाख ५७ हजार ३ सय रुपैयाँ कायम भएको छ। यो मूल्य अहिलेसम्मकै बढी रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
महासंघका अनुसार यसअघि शुक्रबार पनि सुनको मूल्य १ लाख ५६ हजार ३ रुपैयाँ प्रतितोलाका दरले उच्च मूल्यमा पुगेको थियो। पछिल्लो तीन दिनयता सुनको मूल्य लगातार बढिरहेको महासंघले जानकारी दिएको छ।
Advertisement 2
महासंघका अनुसार सोमबार चाँदीको मूल्य प्रतितोला १९ सय १५ रुपैयाँ कायम भएको छ। आइतबार चाँदीको कारोबार प्रतितोला १९ सय रुपैयाँका दरले भएको थियो।
प्रकाशित :२०८१ भाद्र ३१, सोमबार ११:२४
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%