१ लाख ५६ हजार रुपैयाँ नाघ्दै सुनको मूल्यमा नयाँ रेकर्ड

काठमाडौं। नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार रुपैयाँभन्दा माथि अहिलेसम्मकै महंगो मूल्यमा पुगेको हो।

Advertisement 1

शुक्रबारका लागि छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ३ सय रुपैयाँ तोकिएको छ। यसअघि बुधबार सुनको मूल्यको नयाँ उचाइए १ लाख ५३ हजार ४ सय रुपैयाँ प्रतितोला रहेको थियो।

बिहीबार १ लाख ५३ हजार ३ सय रुपैयाँका दरले कारोबार भएको सुनको मूल्य शुक्रबार फेरि बढेर नयाँ उचाइमा पुगेको महासंघले जानकारी दिएको छ। शुक्रबारका लागि चाँदीको मुल्य पनि बढेको महासंघले जानकारी दिएको छ।

Advertisement 2

महासंघका अनुसार शुक्रबारका लागि चाँदीको मूल्य प्रतितोला १८ सय ६० रुपैयाँ तोकिएको छ। यसअघि बिहीबार चाँदीको मूल्य प्रतितोला १७ सय ९५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित :२०८१ भाद्र २८, शुक्रबार १०:५७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry