सुनको भाउ हालसम्मकै उच्च

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च पुगेको हो।
Advertisement 1
बुधबारका लागि छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार ४ सय रुपैयाँ तोकिएको छ। यो मूल्य नेपाली बजारमा हालसम्मकै उच्च हो। यसअघि भदौ २१ गते १ लाख ५३ हजार ३ रुपैयाँ तोलाको उचाइमा सुनको मूल्य पुगेको थियो।
त्यस्तै भदौ १३ गते १ लाख ५३ हजार २ सय रुपैयाँ र १२ गते १ लाख ५३ हजार १ सय रुपैयाँका दरले सुनको कारोबार भएको थियो। मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार ४ सय रुपैयाँ रहेको थियो।
Advertisement 2
बुधबार चाँदीको मूल्य पनि बढेको छ। मंगलबार प्रतितोला १७ सय ६५ रुपैयाँका दरले कारोबार भएको चाँदी बुधबारका लागि १७ सय ८० रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ।