विज्ञापन प्राधिकरणको अध्यक्षमा लक्ष्मण हुमागाईँ नियुक्त
विज्ञापन प्राधिकरणको अध्यक्ष लक्ष्यमण हुमागाँई नियुक्त भएका छन् । मन्त्रिपरिषद्को बैठकले हुमागाईँलाई चार वर्षका लागि विज्ञापन प्राधिकरणको अध्यक्ष नियुक्त गरेको हो । हुमागाई नेपाल टेलिभिजनका पूर्व महाप्रबन्धकसमेत हुन् । हुमागाईँ खुला प्रतिस्पर्धाबाट छानिएका तीन जनामध्येबाट नियुक्त भएका हुन् । प्राधिकरणका सदस्यहरू यसअघि नै मन्त्रिस्तरीय निर्णयबाट नियुक्त भइसकेका छन् । हुमागाईको नियुक्ति भएसँगै विज्ञापन वोर्डले पूर्णता पाइसकेको छ ।
Advertisement 1
समग्र विज्ञापन बजारको अनुगमन, नियमन तथा कार्यान्वयनका लागि गठित विज्ञापन बोर्डले पूर्णता पाएको हो । बोर्डको सदस्यमा महेन्द्रबहादुर शेरचन, शुभशंकर कँडेल, बलराम थापा, चन्द्र न्यौपाने र बन्दना दनुवार नियुक्त भइसकेका छन् ।
Advertisement 2
प्रकाशित :२०७७ चैत्र २०, शुक्रबार १२:२८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%