साउनमा जीवन बिमा कम्पनीहरुले साउनमा संकलन गरे १८ अर्ब ५३ करोड रुपैयाँ

काठमाडौं। नेपालमा जीवन बिमा व्यवसाय गर्दै आएका १४ वटा कम्पनीले चालू आर्थिक वर्ष २०८१/८२को साउनमा मात्रै साढे १८ अर्ब रुपैयाँभन्दा बढी बिमा शुल्क आम्दानी गरेका छन्। नेपाल बिमा प्राधिकरणको तथ्यांक अनुसार १४ वटा जीवन बिमा कम्पनीले साउनमा मात्रै १४ अर्ब ५३ करोड ७९ लाख रुपैयाँ बिमा शुल्क संकलन गरेका हुन्। १४ वटै कम्पनीले प्रथम बिमा शुल्क, वैदेशिक रोजगार बिमा शुल्क र नवीकरण बिमा शुल्कबापत उक्त आम्दानी गरेका प्राधिकरणले जानकारी दिएको छ।

Advertisement 1

प्राधिकरण्का अनुसार साउनमा प्रथम बिमा शुल्कबापत कुल २ अर्ब ५५ करोड ५६ लाख ८४ हजार रुपैयाँ बिमांक रकम संकलन गरिएको छ। त्यस्तै वैदेशिक रोजगार बिमाबापतको शुल्क २४ करोड ७२ लाख ४१ हजार रुपैयाँ र नवीकरणबापत १५ अर्ब ७३ करोड ५० लाख ४३ हजार रुपैयाँ संकलन गरिएको छ।

प्राधिकरणका अनुसार सबैभन्दा बढी बिमा शुल्क आर्जन गर्ने कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ। उक्त कम्पनीले साउनमा मात्रै कुल ५ अर्ब ७१ करोड ६ लाख ३५ हजार रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ। कम्पनीले प्रथम बिमा शुल्कबापत साउनमा ६४ करोड ६६ लाख ८१ हजार रुपैयाँ, वैदेशिक रोजगार बिमा बापत १ करोड ३३ लाख ४६ हजार रुपैयाँ र नवीकरणबापत ५ अर्ब ५ करोड ६ लाख ८ हजार रुपैयाँ आम्दानी गरेको छ।

Advertisement 2

त्यस्तै नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले साउना कुल २ अर्ब २६ करोड ५४ लाख ४० हजार रुपैयाँ बिमा शुल्क आम्दानी गरेको छ। कम्पनीले प्रथम बिमा शुल्कबापत ४१ करोड ३४ लाख ७१ हजार रुपैयाँ, वैदेशिक रोजगार बिमा शुल्कबापत १ करोड ९५ लाख २० हजार रुपैयाँ र नवीकरणबापत १ अर्ब ८३ करोड २४ लाख ४९ हजार रुपैयाँ आम्दानी गरेको छ।

त्यस्तै लाइफ इन्स्योरेन्स कर्पोरेसन लिमिटेडले साउनमा कुल बिमा शुल्क २ अर्ब ७ करोड ८० लाख ९३ हजार रुपैयाँ आम्दानी गरेको छ। उक्त कम्पनीले प्रथम बिमा शुल्कबापत साउनमा २० करोड २ लाख ७६ हजार रुपैयाँ र नवीकरणबापत १ अर्ब ८७ करोड ७८ लाख १७ हजार रुपैयाँ आम्दानी गरेको प्राधिकरणको तथ्यांक छ। प्राधिकरणका अनुसार यस कम्पनीले वैदेशिक बिमाबापत साउनमा आम्दानी गरेको छैन। त्यस्तै राष्ट्रि जीवन बिमा कम्पनीले साउनमा कुल ४६ करोड ८८ लाख १९ हजार रुपैयाँ आम्दानी गरेको छ। उक्त कम्पनीले प्रथम बिमाबापत ३ करोड ६२ लाख ६६ हजार रुपैयाँ र नवीकरणबापत ४३ करोड २५ लाख ५४ हजार रुपैयाँ आम्दानी गरेको छ।

Advertisement 3

प्राधिकरण्का अनुसार मेट लाइफ इन्स्योरेन्स कम्पनीले साउनमा ५० करोड ५५ लाख ६० हजार रुपैयाँ आम्दानी गरेको छ। कम्पनीले प्रथम बिमा बापत १० करोड ७० लाख ५० हजार रुपैयाँ र नवीकरणबापत ३९ करोड ८५ लाख ११ हजार रुपैयाँ आम्दानी गरेको छ। त्यस्तै एशियन लाइफ इन्स्योरेन्स कम्पनीले साउनमा ९२ करोड ७३ लाख ५० हजार रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ। कम्पनीले प्रथम बिमा शुल्बापत१० करोड ७२ लाख ७२ हजार रुपैयाँ, वैदेशिक रोजगारबापत ५ करोड ३१ लख रुपैयाँ र नवीकरणबापत ७६ करोड ६९ लाख ३३ हजार रुपैयाँ आम्दानी गरेको छ।

त्यसैगरी आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले साउनमा ५४ करोड २७ लाख ८२ हजार रुपैयाँ आम्दानी गरेको छ। उक्त कम्पनीले साउनमा प्रथम बिमाबापत ८ करोड ३२ लाख ३० हजार रुपैयाँ, वैदेशिक रोजगार बिमाबापत ८ लाख ६० हजार रुपैयाँ र नवीकरणबापत ४५ करोड ८६ लाख ९१ हजार रुपैयाँ आम्दानी गरेको छ।
साउन महिनामा सन नेपाल लाइफ इन्स्योरेन्सको कुल बिमा शुल्क आम्दानी ४४ करोड ८७ लाख ३२ हजार रुपैयाँ रहेको छ। उक्त कम्पनीको यो बिमा संकलन अन्य सबै कम्पनीको तुलनामा सबैभन्दा न्यून हो।

कम्पनीले प्रथम बिमाबापत ४ करोड ४९ लाख ९० हजार रुपैयाँ, वैदेशिक रोजगार बिमाबापत ११ करोड ७५ लाख २८ हजार रुपैयाँ र नवीकरणबापत २८ करोड ६२ लाख १३ हजार रुपैयाँ आम्दानी गरेको छ। त्यस्तै रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले साउनमा कुल ४९ करोड ९७ लाख ७० हजार रुपैयाँ आम्दानी गरेको छ। उक्त कम्पनीले नवीकरणबापत ४० करोड ११ लाख, वैदेशिक रोजगार बिमाबापत ९० लाख ३० हजार रुपैयाँ र प्रथम बिमा शुल्कबापत ८ करोड ९६ लाख रुपैयाँ आम्दानी गरेको छ। त्यस्तै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले साउनमा कुल ७६ करोड ४१ लख४८ हजार रुपैयाँ बिमा शुल्ब आम्दानी गरेको छ। उक्त कम्पनीले प्रथम बिमा शुल्कबापत १९ करोड ४९ लाख १५ हजार रुपैयाँ, वैदेशिक रोजगार बिमाबापत ८१ लाख ५ हजार रुपैयाँ र नवीकरणबापत ५६ करोड ११ लाख २८ हजार रुपैयाँ आम्दानी गरेको छ।

त्यस्तै सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले साउनमा कुल १ अर्ब १२ करोड ९३ लाख ३४ हजार रुपैयाँ बिमा शुल्क आम्दानी गरेको छ। कम्पनीले प्रथम बिमा शुल्कबापत १९ करोड ९१ लख ६९ हजार रुपैयाँ, वैदेशिक रोजगार बिमाबापत १ करोड २१ लख ७३ हजार रुपैयाँ र नवीकरणबापत ९१ करोड ७९ लाख ९२ हजार रुपैयाँ बिमा शुल्क आम्दानी गरेको छ। त्यस्तै सानीमा रिलायन्स लाइफले कुल ६७ करोड ५९ लाख ८७ हजार रुपैयाँ बिमा शुल्क संकलन गरेको छ। कम्पनीले प्रथम बिमाबापत ७ करोड ९८ लाख १९ हजार रुपैयाँ, वैदेशिक रोजगार बिमा शुल्कबापत १ करोड ३४ लाख ७१ हजार रुपैयाँ र नवीकरणबापत ५८ करोड २६ लाख ९७ हजार रुपैयाँ बिमा शुल्क संकलन गरेको छ।

हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले साउनमा प्रथम बिमा शुल्कबापत २७ करोड ५३ लाख १४ हजार रुपैयाँ र नवीकरणबापत१ अर्ब ६५ करोड ८५ लाख २१ हजार रुपैयाँ गरी साउनमा कुल १ अर्ब ९३ करोड ३८ लाख ३४हजार रुपैयाँ बिमा शुल्क संकलन गरेको छ। त्यस्तै प्रभु महालक्ष्मी लाइफले कुल ५८ करोड ७४ लाख ८३ हजार रुपैयाँ बिमा शुल्क संकलन गरेको छ। उक्त कम्पनीले प्रथम बिमाबापत७ करोड ७६ लाख ३१ हजार रुपैयाँ, वैदेशिक रोजगार बिमाबापत ६३ हजार रुपैयाँ र नवीकरणबापत ५० करोड ९७ लाख रुपैयाँ संकलन गरेको छ।

प्रकाशित :२०८१ भाद्र २४, सोमबार ११:०१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry