माइतीघरमा किन एक्लै आन्दोलनमा उत्रिए यी डाक्टर ?
कोरोना महामारीको बेला उपचारमा अग्रपंक्तिमा खटिएका एक जना चिकित्सक सरकारले जोखिम भत्ता उपलब्ध नगराएको भन्दै धर्नामा बसेका छन् ।
Advertisement 1
सिभिल अस्पतालका डाक्टर अजित मल्लिक चिकित्सकको पोशाकमै हिजो मंगलबार माइतीघर मण्डलामा धर्नामा बसेका थिए । उनले कोभिड जोखिम भत्ता नपाएको र आफैँ संक्रमित हुँदा पनि सरकारले बेवास्ता गरेको बताएका छन् ।सरकार र सरोकारवालालाई दवाब दिन प्लेकार्डसहित धर्नामा बसेका उनलाई विवेकशील पार्टीका केन्द्रीय सदस्य शशीविक्रम कार्कीलगायत चार जनाले साथ दिएका थिए ।यसअघि पनि विभिन्न अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूले सरकारले घोषणा गरेको जोखिम भत्ता उपलब्ध नगराएको भन्दै आन्दोलन गरेका थिए ।उनी यसरी सडकमा आउनुको एउटै कारण छ, ‘कोभिड भत्ताको माग।’कोभिड १९ विरुद्धको उपचारमा खटिए बापतको जोखिम भत्ता नपाएको भन्दै उनी बिहीबारदेखि यसरी नै माइतीघर मण्डलामा धर्ना स्वरुप उभिन्छन्। अस्पतालको ड्युटी सकेर आफ्नो व्यक्तिगत समयमा यहाँ धर्ना दिन आएको उनी बताउँछन्।
उनी भन्छन्, ‘मेरो ड्युटी हुन्छ। म ड्युटी गर्छु। सकेर यहाँ धर्नामा आउँछु। सरकारको ध्यानाकर्षण गराउन म यसरी यहाँ धर्नामा आएको हुँ।’आफ्नो मागको लागि आफु एक्लै नै काफी भएको उनको भनाई छ। यसरी सडकमा आउनु अघि आफुले कुनै साथीभाई तथा समूहसँग छलफल नगरेको र आवश्यक पनि नभएको उको भनाई छ। यो छलफल गर्ने विषय होइन। म कुनै आन्दोलन गर्न आएको होइन। म एक्लै हो। मलाई खाँचो छ। म सडकमा आएँ’ उनले भने। कोभिड १९ विरुद्धको लडाईमा होमिएको एक वर्ष भएपनि हालसम्म कोभिड भत्ता नपाएको उनको ठुलो गुनासो छ।
Advertisement 2
उनलाई धेरैले एक्लै गएर केही हुँदैन। नजाउ पनि नभनेका होइनन्। तर डा मल्लिकले एउटै जवाफ दिने गर्थे, यो मेरो आवश्यकता हो। म एक्लैले गर्न सक्छु। कोभिड भत्ता नपाएसम्म दैनिक यसरी नै धर्नामा बस्ने उनले बताए। अस्पतालले कोभिड भत्ता दिने बहानामा आफुलाई आश्वासन मात्र दिने गरेको उनको भनाई छ। उनले भने, ‘यो मैले भिक मागेको हो र? ज्याला गरेको छ। कोरोना उपचारमा खटिए बापतको भत्ता मात्र मागेको हुँ।’
कोरोना उपचारको क्रममा उनी आफैँ पनि संक्रमित भए। तर यसमा उनको कुनै गुनासो छैन। उनको गुनासो भनेको कोभिड भत्ता नदिएकोमा मात्र हो। डा मल्लिक यही भदौबाट सिभिल अस्पतालमा कार्यरत छन्। यसअघि उनी त्रिवि शिक्षण अस्पतालमा कार्यरत थिए। त्यहाँ खटिदा पनि कोभिड भत्ता नपाएको उनी बताउँछन्। सरकार स्वास्थ्यकर्मीको अधिकार र प्राथमिकताका विषयमा संवेदनशील नभएको उनको अनुभव छ। तर उनलाई सरकारसँग पनि कुनै गुनासो थिएन। उनलाई आफु कोभिड महामारीमा खटिदाको भत्तासँग मात्र सरोकार छ। ‘मेरो पैसा मलाई दिनुस, म घर जान्छु। कोरोना लाग्यो मलाई तर बिमा पनि गरिदिएन। तर २४ सै घण्टा मलाई खटाइयो। डाक्टरलाई सरकारले सम्मान गर्न सकेन’ उनले भने।
Advertisement 3