‘हेमबहादुर मल्ल सम्मान २०७९’ डा. थापालाई
काठमाडौं। नेपाल जनप्रशासन संघले २०७९को ‘हेमबहादुर मल्ल सम्मान’ पुरस्कार डा. भेषबहादुर थापालाई दिने भएको छ। साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडसँगको सहकार्यमा संघले उक्त सम्मान घोषणा गरेको हो। संघले सोमबार पत्रकार सम्मेलनमार्फत उक्त जानकारी गराएको हो।
Advertisement 1
प्रत्येक वर्ष प्रदान गरिँदै आएको उक्त पुरस्कारको राशी २ लाख रुपैयाँ रहेको संघले जानकारी दिएको छ। थपा ५ दशकदेखि सार्वजनिक जीवनका आर्थिक, प्रशासनिक, प्राज्ञिक र कूटनीतिक क्षेत्रमा सक्रिय छन्। संस्थागत विकास र अन्तर्राष्ट्रिय क्षेत्रस्तरमा नेपालको राष्ट्रिय हित र श्रीवृद्धिका लागि थापाले पु¥याएको योगदानबापत उनलाई पुरस्कार दिन लागिएको संघले जानकारी दिएको छ। बुधबार थापालाई हस्तान्तरण गरिन लागेको उक्त पुरस्कार साल्ट ट्रेडिङका संस्थापक अध्यक्ष स्वर्गीय हेमबहादुर मल्लको स्मृतिमा स्थापना गरिएको हो।
यसअघि उक्त पुरस्कारबाट केदारभक्त माथेमा, चादनी जोशी, डा. भगवान कोइराला, डा. विमल कोईराला, महावीर पुन, स्वर्गी अम्बिका श्रेष्ठ, भोजराज पोखरेल र दमननाथ ढुंगाना सम्मानित भएका छन्। त्यस्तै डा. सुरेशराज शर्मा, खिलराज रेग्मी, उमेश मैनाली, दामोदर गौतम, डा. देवेन्द्रराज पाण्डे, कुलमान घिसिङ, डा. सुन्दुक रुइत, डा. गौरीशंकर लालदास, सूर्यनाथ उपाध्याय, गोरक्षबहादुर न्हुच्छे प्रधान र भानु आचार्य सम्मानित भइसकेका छन्। बुधबार सम्मानि हुन लागेका थापा उक्त पुरस्कारबाट सम्मानि हुने २०औं व्यक्ति हुन्।