नुन सुन जस्तै, किलोकै ५५ रुपैयाँ

मकवानपुरको उतरी पश्चिम क्षेत्रमा पर्ने राक्सिराङ गाउँपालिका ७ का बासिन्दाले प्रतिकिलो नुन ५० रुपैयाँ तिर्नुपरेको छ ।

Advertisement 1

राक्सिराङ ७ गर्लिङकी पसले दुदुमाया तामाङले प्रतिप्याकेट नुन ५० रुपैयाँमा बिक्री गर्दै आएको बताइन् ।भरतपुरको भण्डारा बजारमा २० रुपैयाँ किलोमा पाइने नुन ढुवानी भाडा बढी भएका कारण ५० परेको उनको भनाइ छ ।हिउँदका महिनामा गाडीले एक किलाकोे १२ रुपैयाँ र बर्खामा १५ रुपैयाँ ढुवानी भाडा लिने गरेको उनले सुनाइन् ।

बर्खामा भरियाले बोकेर ल्याउने गरेका छन् । भण्डाराबाट गर्लिङ करिब ३० किलोमिटर टाढा पर्छ ।गर्लिङभन्दा अझ दुर्गमको धिराङका बासिन्दाले प्रतिकिलो नुनको ५५ रुपैयाँसम्म तिर्नुपरेको छ ।

Advertisement 2

 

प्रकाशित :२०७७ चैत्र १८, बुधबार ०८:०५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry