एनसेलको ‘बिज सधैं अन’ योजना सुरु

काठमाडौं। एनसेलले नेपाली व्यवसायलाई ध्यानमा ‘बिज सधैं अन’ योजना सञ्चालनमा ल्याएको छ। ग्राहकलाई ‘सधैं अन’मार्फत सशक्त बनाउने आफ्नो प्रतिबद्धताअनुसार उक्त योजना ल्याइएको कम्पनीले जानकारी दिएको छ। उक्त योजना एनसेलको फाइभजी भिजनमा आधारित अर्को पहल रहेको कम्पनीले बताएको छ। नेपाली उद्योग, संघ, संस्था, ठूला, साना तथा मझौला व्यवसायहरुलाई आ–आफ्नो क्षेत्रमा सधैं अनको प्रयोगमार्फत व्यापार, व्यवसाय बढाउन सहयोग पुर्याउनु ‘बिज सधैं अन’को उद्देश्य रहेको कम्पनीले जानकारी दिएको छ।

Advertisement 1

अनावश्यक रुपमा मोबाइलमा ब्यालेन्स काटिने, प्रयोग गर्न बाँकी रहेका सेवाहरु पुनः अर्को महिना थपिएर आउने र बन्डल सेवाहरुका साथ महिनाभरी निर्धक्क सेवा पाइने मुख्य विशेषता रहेको कम्पनीले बताएको छ। एनसेलले आफ्नो स्थापनाकालदेखि नै एक उत्कृष्ट सञ्चार साझेदारको रूपमा नेपाली उद्यमी तथा व्यवसायीहरूलाई विश्वस्तरीय बिजनेस सोलुसनहरु प्रदान गर्दै आएको छ।

Advertisement 2

 

एनसेलले नेपालभर फैलिएका ३२ हजार बढी संघसंस्था र व्यवसायका ५ लाखभन्दा बढी ग्राहकलाई आफ्नो सेवा दिँदै आएको छ। ‘उद्योगको विकास भइरहेको छ र कम्पनीहरूको माग बढ्दै गएको छ। सिंगापुर, दुबई र छिमेकी राष्ट्र भारतजस्ता देशहरू फाइभजी, आईओटी, क्लाउड र एआईजस्ता आविष्कारहरूका कारण द्रुत गतिमा अगाडि बढिरहेका छन्,’ कम्पनीले भनेको छ।

Advertisement 3

एनसेलले उद्यमीका पीरमर्काहरुलाई सम्बोधन गर्न र उनीहरूलाई आफ्नो व्यापार व्यवसाय बढाउन मद्दत गर्न विभिन्न सोलुसन उपलब्ध गराउन काम गरिरहेको कम्पनीको भनाइ छ।

एनसेलले उद्यमी व्यवसायीहरुका लागि मासिक रेन्टलमा ‘बिज सधैं अन’ प्लान अन्तर्गत ४९९ रुपैयाँदेखि १,९४९ सम्मका ५ वटा प्लानहरु ल्याएको छ। उक्त प्लानमा डेटा, भ्वाइस र एसएमएसका साथै लायन्सगेट प्ले र मेरो लगानी एप पनि बण्डल गरिएको छ।

प्रकाशित :२०८१ असार २८, शुक्रबार १६:५३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry