नेशनल लाईफ इन्स्योरेन्सका अभिकर्तालाई ‘नेशनल अवार्ड’

काठमाडौं। नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्तालाई ‘नेशनल अवार्ड’बाट सम्मान गरेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको उपस्थितिमा विभिन्न ठाउँमा कार्यक्रम गरी अभिकर्तालाई सम्मान गरिएको हो।
कार्यक्रममा प्रबन्धक विवेक शर्माले पनि अभिकर्ता लाई आ–आफ्नो लक्ष्य पुरा गर्ने अन्तिम अवसर भएको हुँदा यस समयमा टिम लिडर अभिकर्ताहरु विशेष चनाखो भई आफ्नो र आफ्नो मातहातको अभिकर्ताहरुको लक्ष्य प्राप्तीमा विशेष जोड दिनुपर्ने बताए।

Advertisement 1

समारोहमा नेशनल रत्न विजेता अभिकर्ताहरुलाई नेशनल लाईफ लोगो अंकित चाँदीको मेडल, सर्टिपिकेट र खादाबाट सम्मान गर्दै प्रमुख कार्यकारी अधिकृ खत्रीले नेपालको बीमा बजारमा बीमितहरुलाई सबै भन्दा बढि बोनस प्रदान गर्दै आएको आफ्नो कम्पनीले पुनः आफ्नो बोनस दरलाई सबै जनाको प्रयासबाट यथावत राख्न सफल भएकोमा अभिकर्तालाई धन्यवाद दिए।

उनले नेशनल रत्नमा छनौट हुने अभिकर्ताहरुलाई प्रदेश स्तरिय रुपमा सम्मान कार्यक्रम सम्पन्न गर्दै लाने कम्पनीको योजना अनुसार नेपालगञ्जमा लुम्बिनी र कर्णाली प्रदेशका अभिकर्ताहरुलाई र महेन्द्रनगरमा सुदुर पश्चिम प्रदेशका अभिकर्ताहरुलाई सम्मान गरिएको बताए।

प्रकाशित :२०८१ असार २५, मंगलवार १८:२०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry