कोभिड संक्रमण बढ्दै जाँदा के होला त्रिविका बाँकी परीक्षा ?

कोरोना संक्रमण बढ्दै गएपछि आम सर्वसाधारणले फेरि लकडाउन हुने कि भन्ने चिन्ता छ। चैत ८ गते सरकारले देशभर सभा, जुलुस, र्‍याली, सम्मेलन, गोष्ठी, सेमिनार, सामूहिक भेटघाटलगायत कार्यक्रम नगर्न आग्रह गरेको छ।

Advertisement 1

यही त्रासको विच विद्यार्थीमा अन्यौंलता पनि वढीरहेको छ त्रिविअन्तर्गत बाँकी परीक्षा रोकिने वा सञ्चालन हुन्छ हुँदैन भनी परीक्षार्थीहरूमा । कोरोना संक्रमण देखिएपछि पोखराको लामाचौरस्थित इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पसमा स्नातक तहको पहिलो, दोस्रो र तेस्रो वर्षको परीक्षा स्थगित भएको छ।

पछिल्लो समयमा नेपालमा पनि कोरोना संक्रमणदर देखि संक्रिय संक्रमित संख्यासमेत बढ्दै गएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले नेपालमा पुनः कोभिड १९ संक्रमण बढ्दै गएकाले शैक्षिक संस्थाहरूमा जनस्वास्थ्य र सुरक्षासम्बन्धी मापदण्डका साथै प्रदेश सरकार र स्थानीय तहबाट स्थान विशेषमा तय गरिएका थप मापदण्ड पूर्ण रूपमा पालना गर्न अनुरोध गरेको छ। यता, त्रिभुवन विश्वविद्यालय (त्रिवि) कोरोना संक्रमण दर बढ्दै गए पनि तत्काल त्रिविअन्तर्गत बाँकी परीक्षा नरोक्ने पक्षमा देखिएको छ। त्रिविका रजिष्टार पेशल दाहालले परीक्षा नरोकिने जानकारी दिए।

Advertisement 2

दाहालले भने, ‘तत्काल परीक्षा रोकिँदैन, रोक्ने योजना बनाएका पनि छैनौं, परीक्षार्थीहरू अलमलमा नपरी परीक्षा तयारी गर्दा हुन्छ।’ सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर परीक्षा सञ्चालन गरिने उनको भनाइ छ। उनका अनुसार नेपालमा कोभिड–१९ संक्रमण अझै बढ्दै गएर सरकारले परीक्षा सञ्चालन रोक्न निर्देशन दिएको खण्डमा भने परीक्षा रोकिने छ। त्रिविअन्तर्गत मानविकी संकायको स्नातक तह पहिलो वर्ष, दोस्रो वर्षलगायत अन्य संकायका परीक्षा सञ्चालन हुन अझै बाँकी छ।

 

प्रकाशित :२०७७ चैत्र १७, मंगलवार १५:५३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम