पञ्चकन्या स्टीललाई ग्रिन प्रो प्रमाणपत्र प्राप्त

काठमाडौं। पञ्चकन्या स्टील प्रालिले ‘ग्रिन प्रो’ प्रमाणपत्र पाएको छ। कम्पनीको ५०० एक्सडि र ५५० एक्सडि रिबार (फलामे छड)हरूले ग्रीन प्रो प्रमाणपत्र पाएका हुन्।

Advertisement 1

कम्पनीको वातावरणीय स्थिरता र निर्माण क्षेत्रको उत्कृष्टताप्रतिको प्रतिबद्धताअनुसार उक्त प्रमणपत्र पाएको कम्पनीले जानकारी दिएको छ।

‘कन्फेडेरेसन अफ इन्डियन इण्डष्ट्री सिआइआइ– सोराभजी गोदरेज ग्रीन बिजनेस सेन्टरद्वारा प्रदान गरिएको ग्रीनप्रो प्रमाणपत्रले वातावरणीय प्रदूषणका लागि कडा मापदण्डहरू पूरा गर्ने उत्पादनहरूलाई मान्यता दिन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यो प्रमाणपत्र ग्रहण पश्चात पञ्चकन्या स्टीलको उच्च गुणस्तर र पर्यावरणमैत्री सामग्रीहरू उत्पादन गर्ने प्रतिबद्धतालाई अझ उजागर गर्दछ।’

Advertisement 2

ग्रिनप्रो इकोेलेबललाई ग्लोबल इकोेलेबललिङ नेटवर्क (जेन)द्वारा जेनिसेशको अन्तर्देशीय रूपमा समन्वित इकोेलेबललिङ प्रणाली मार्फत मान्यता प्राप्त छ।

प्रकाशित :२०८१ असार ६, बिहीबार ०८:१९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry