जुम्लाका स्थानीय तहको आम्दानी न्यून

जुम्ला। जुम्लाको एक नगरपालिकासहित सात गाउँपालिका गरी आठवटा स्थानीय तहको आन्तरिक आम्दानीको स्रोत घटेको छ। जिल्लाको एकमात्र नगरपालिका चन्दननाथले आर्थिक वर्ष २०७९/८० मा वार्षिक आय २ करोड ५० लाख आम्दानी हुने अनुमान गरेकामा १ करोड २० लाख ६० हजार रूपैयाँ मात्र आम्दानी भएको छ।

Advertisement 1

नगरपालिकाले उठाएको उक्त रकम विभिन्न शीर्षकअन्तर्गत कर, सेवा शुल्क, व्यवसाय, सवारी, एकीकृत सम्पत्ति, घरजग्गा बहाल र नक्सापासबाट प्राप्त भएको हो। तिला गाउँपालिकाले १८ लाख ९० हजार आन्तरिक आम्दानी गरेको छ। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ५८ मा पालिकाले आफ्नो कार्यक्षेत्रभित्रका विभिन्न व्यवसाय गर्ने व्यक्तिबाट व्यवसाय कर उठाउनुपर्ने व्यवस्था रहे पनि तिलाले कुनै पनि कर संकलन गर्न सकेका छैनन्।

यसैगरी, सिञ्जा गाउँपालिकाले गत आवमा १३ लाख ४१ हजार रूपैयाँ आम्दानी गरेको थियो। तातोपानी गाउँपालिकाले पेस गरेको आयव्यायको अनुमानमा आन्तरिक आयतर्फ मालपोत कर सेवा, शुल्क दस्तुरवापत अनुमानित २० लाख रूपैयाँ प्राप्त हुने प्रक्षेपण गरेकामा सोही आवमा ३० लाख ९९ हजार अर्थात् अनुमानभन्दा ५४ दशमलव ९९ प्रतिशत बढी आन्तरिक आय उठेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले जानकारी दिए।

Advertisement 2

गुठीचौर गाउँपालिकाले १८ लाख ६६ हजार, हिमा गाउँपालिकाको १६ लाख ५४ हजार रूपैयाँ र कनकासुन्दरी गाउँपालिकाले १८ लाख २५ हजार रूपैयाँ आम्दानी गरेको छ।

स्थानीय तहले विभिन्न ९ प्रकारका कर उठाउन पाउने कानुनी व्यवस्था भए पनि जिल्लाका स्थानीय तहले आय संकलनमा कुनै चासो नदिएका तिला गाउँपालिका स्थानीयवासी नर रोकायाले बताए। आम्दानी कम हुँदा स्थानीय सरकार, संघ र प्रदेश सरकारको अनुदानमा निर्भर छन्।

प्रकाशित :२०८१ असार ५, बुधबार ११:०२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम