सुनको मूल्य स्थिर, चाँदीको मूल्य बढ्यो

काठमाडौं। नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ। चाँदीको मूल्य भने सामान्य वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

Advertisement 1

छापावाल सुनको मूल्य मंगलबारका लागि प्रतितोला १ लाख ४२ हजार २ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार ५ सय रूपैयाँ कायम गरिएको छ।

सोमबार प्रतितोला १ हजार ८ सय रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार १५ रूपैयाँ बढेर १ हजार ८ सय १५ रूपैयाँ कायम भएको छ।

प्रकाशित :२०८१ असार ४, मंगलवार ११:५७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry