विश्व बैंकको माल्दिभ्स, श्रीलंका र नेपालको देशीय निर्देशकमा सिस्लेन

काठमाडौं। विश्व बैंकले माल्दिभ्स, नेपाल र श्रीलंकाको देशीय निर्देशकमा डेभिड सिस्लेन नियुक्त भएका छन्। डेभिडले काठमाडौँस्थित विश्व बैंकको उपक्षेत्रीय कार्यालयमार्फत माल्दिभ्स र श्रीलंकाको देशीय निर्देशकको समेत जिम्मेवारी निर्वाह गर्ने छन्।

Advertisement 1

निवर्तमान निर्देशक फारिस हदाद जर्भोसको कार्यकाल सकिएसँगै विश्व बैंकले सिस्लेन लाई नयाँ निर्देशकका रुपमा नेपाल पठाएको हो। अर्थ मन्त्रालयले औपचारिक कार्यक्रममार्फत फारिसको बिदाइ र डेभिडको स्वागत गरेको छ।
अर्थमन्त्री पुनले एकैसाथ स्वागत र बिदाइ कार्यक्रम गरिएको बताए। देशीय निर्देशकसँगै विश्व बैंकले नेपालका लागि राष्ट्रिय प्रबन्धक पनि परिवर्तन गरेको छ। लाडा स्ट्रेलकोवा आफ्नो कार्यकाल सकाएर फर्केका छन्। उनको ठाउँमा प्रिति अरोरा आएकी छन्। स्वागत तथा कार्यक्रममा अर्थमन्त्री पुनले नयाँ निर्देशक डेभिडको कार्यकाल सुखद रहने विश्वास रहेको बताए। साथै निवर्तमान देशीय निर्देशक फारिसको कार्यकालमा सुरु भएका प्रयासहरुको निरन्तरता र थप सहकार्यका लागि डेभिडको कार्यकाल सफल हुने उनले बताए।

नेपालमा मंगलबारदेखि सुरु हुने विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संस्थाको बैठक (आइडा–२१) को पूर्वसन्ध्यामा डेभिडलाई स्वागत गर्न पाउँदा खुसी लागेको अर्थमन्त्री पुनले बताए।

Advertisement 2

निवर्तमान देशीय निर्देशक फारिसको कार्यकालमा नेपाल र विश्व बैंकबीचको सम्बन्ध थप उचाइमा पुगेको तथा फारिसले विकास साझेदार संस्थाको प्रतिनिधिकारुपमा मात्र नभइ नेपालको मित्रका रुपमा भूमिका खेलेको उनले उल्लेख गरे। नेपालमा विश्व बैंकको ‘पोर्टफोलियो’ विस्तार, वित्तीय, ऊर्जा र जलवायु क्षेत्रमा महत्वपूर्ण काम भएको अर्थमन्त्री पुनले स्मरण गरे। विश्व बैंकले हाल नेपालमा २० वटा सञ्चालनमा रहेका र ३ पाइप लाइनका गरी २३ परियोजनामा लगानी गरेको छ।

अमेरिकी नागरिक फारिस विसं २०७३ असारमा विश्व बैंकको नेपाल निर्देशकका रुपमा आएका थिए। त्यसअघि फारिस नेपालका लागि विश्व बैंकका राष्ट्रिय प्रबन्धक थिए। नवनियुक्त देशीय निर्देशक डेभिड अमेरिकी नागरिक हुन्। उनी यसअघि ल्याटिन अमेरिका र क्यारिबियन मुलुकहरुका लागि विश्व बैंकका तर्फबाट सहरी व्यवस्थापन र विपद् जोखिम न्यूनिकरणसम्बन्धी व्यवस्थापकका रुपमा कार्यरत थिए।

Advertisement 3

उनीसँग विश्व बैंकमा रहेर युरोप, ल्याटिन अमेरिका, अफ्रिका, पूर्वी एसिया र एसिया प्रशान्त क्षेत्रमा पूर्वाधार, सहरी विकास तथा प्रकोप जोखिम व्यवस्थापनसम्बन्धी प्रबन्धक भएर काम गरेको अनुभव छ। नवनियुक्त देशीय निर्देशक डेभिडले अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालय र म्याकलेस्टर कलेजबाट अर्थशास्त्र र भूगोलमा स्नातकोत्तर गरेका छन्।

स्वागत तथा बिदाइ कार्यक्रममा मुख्यसचिव डा. बैकुण्ठ अर्याल, अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी, अर्थ मन्त्रालयको वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख सहसचिव श्रीकृष्ण नेपाल र विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजर सहभागी थिए।

प्रकाशित :२०८१ असार ३, सोमबार १३:२८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry