१६ सय रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौं। असारको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य १६ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले जेठ मसान्तको तुलनामा आइतबार सुनको मूल्य बढेको जानकारी दिएको हो।
Advertisement 1
आइतबारका लागि छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार ८ सय रुपैयाँ तोकिएको छ। यसअघि जेठ मसान्त अर्थात शुक्रकार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार २ सय रुपैयाँका दरले थियो। आइतबारका लागि तेजावी सुको मूल्य प्रतितोला १ लाख ४२ हजार १ सय रुपैयाँ तोकिएको छ।
यसअघि शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ५ सय रुपैयाँ रहेको थियो। आइतबार चाँदीको मूल्य प्रतितोला १ हजार ८२० रुपैयाँ तोकिएको छ।
Advertisement 2
यसअघि जेठ २५ गते नेपाली बजारमा सुनको मूल्य १ लाख ४५ हजार रूपैयाँ प्रतितोलाको नयाँ उचाइमा पुगेको थियो।
प्रकाशित :२०८१ असार २, आईतवार ११:३२
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%