पहिरोमा पुरिएर एक जनाको मृत्यु, दुई जना घाइते
खाँदबारी। सङ्खुवासभाको चिचिला गाउँपालिका–३ सोलाखानीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ। अन्य दुई जना घाइते भएका छन्।
Advertisement 1
मंगलबार रातिको अविरल वर्षापछि खसेको पहिरोमा परी अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदुर बर्दियाका घोराभिट्टाका गंगाराम थारुको मृत्यु भएको तथा मकवानपुरका उमेश कार्की र गोविन्द थारू घाइते भएका प्रहरीले जानकारी दिएको छ।
उनीहरू निदाएका बेला पहिरो खसेको हो। जलविद्युत् आयोजनाले कामदारका निम्ति निर्माण गरेका १४ वटा कोठामध्ये ३ वटा पुरिएका छन्।
Advertisement 2
रासस
प्रकाशित :२०८१ जेष्ठ ३०, बुधबार १०:४३
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%