भारतका राष्ट्रपतिसँग प्रधानमन्त्री दाहालको भेट

काठमाडौं। भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्यहाँका राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गरेका छन्। नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा सोमबार प्रधानमन्त्री दाहालले राष्ट्रपति मुर्मुसँग भेट गरेका हुन्।

Advertisement 1

सो अवसरमा राष्ट्रपति मुर्मु र प्रधानमन्त्री दाहालबीच नेपाल–भारतबीच सदियौँदेखि रहिआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो। त्यसैगरी, उहाँहरूबीच दुई देशबीचका जनतामाझको परम्परागत सम्बन्धलाई थप प्रगाढ तुल्याउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री दाहाल आइतबार साँझ भारतका प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहमा सहभागी भएका थिए। शपथग्रहणपछि उनीहरुबीच भेटवार्ता भएको थियो।

Advertisement 2

प्रधानमन्त्री दाहाल आइतबार साँझ नै भारतका राष्ट्रपति मुर्मुले आयोजना गरेको रात्रिभोजमा सहभागी भएका थिए। प्रधानमन्त्री दाहाल आज साँझ स्वदेश फर्कने कार्यक्रम छ।

प्रकाशित :२०८१ जेष्ठ २८, सोमबार १२:३४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry