सामान्यको परिपत्र :- सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणालीबाट मात्र वितरण गर्नू

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणालीबाट मात्र गर्न सबै स्थानीय तहलाई परिपत्र गरेको छ ।

Advertisement 1

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अबदेखि लाभग्राहीको अभिलेखसमेत यकिन गरी बैंकिङ प्रणालीबाट वितरण गर्न सात सय ५३ वटै स्थानीय तहलाई पुनः परिपत्र गरेको हो ।

Advertisement 2

यस अघि नै परिपत्र गरिसकेको मन्त्रालयले बैंकिङ पहुँच पुगेका सुगम जिल्लाका केही स्थानीय तहलेसमेत सामाजिक सुरक्षा भत्ता नगदमा वितरण गरेको भनी प्रतिनिधि सभा सार्वजनिक लेखा समितिमा वेरुजु छलफल हुँदा समितिको निर्णयबाट ध्यानाकर्षण भएको भन्दै पुनः परिपत्र गरेको हो ।

प्रकाशित :२०७७ चैत्र १७, मंगलवार ०९:२३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम