१५ जना उपचसचिवको सरुवा
काठमाडौं। १५ जना उपसचिवको सरुवा भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रशासन एवं प्राविधिकतर्फ विभिन्न निकायमा कार्यरत उपसचिवको सरुवा गरेको हो। जसमा गृह मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, खानेपानी मन्त्रालय, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, सहरी विकास मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, राष्ट्रिय सतर्कता केन्द्र, युवा परिषद् तथा विज्ञापन बोर्डलगायत निकायमा कार्यरत उपसचिवको सरुवा भएको हो। राष्ट्रिय सतर्कता केन्द्रमा रहेकी स्मिता शर्मालाई सहरी विकास मन्त्रालय अन्तगर्तमा सरुवा गरिएको छ भने सहरी विकास मन्त्रालय अन्तगर्तका राजकाजी श्रेष्ठलाई राष्ट्रिय सतर्कता केन्द्रमा सरुवा गरिएको छ।
Advertisement 1
त्यस्तै, इलाका प्रशासन कार्यालय, तुलसीपुरमा रहेका यज्ञबहादुर बुढालाई निर्वाचन आयोग, नेपाल वा अन्तर्गतमा सरुवा गरिएको छ भने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेशमा रहेका रामेश्वर अर्याललाई प्रदेश प्रमुखको कार्यालय, गण्डकी प्रदेशमा सरुवा गरिएको छ। यसैगरी, राष्ट्रिय महिला आयोगमा रहेकी सविता कार्की घिमिरेलाई सांस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत सरुवा गरिएको छ भने शिक्षा, विज्ञान तथा प्राविधि मन्त्रालय वा अन्तर्गत रत्नमणी भट्टराई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ।
त्यस्तै, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेशमा रहेका माधवराज मरासिनीलाई राष्ट्रिय महिला आयोगमा सरुवा गरिएको छ भने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बागमती प्रदेशमा रहेकी गीता गुरुङलाई उपराष्ट्रपति कार्यालयमा सरुवा गरिएको छ भने गृह मन्त्रालयमा रहेका बलराम ढकाललाई विज्ञापन बोर्डमा सरुवा गरिएको छ। यसैगरी विज्ञापन बोर्डमा रहेका निसान राज गौतमलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ भने राष्ट्रिय युवा परिषद्मा रहेका रमेशप्रसाद मैनालीलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतमा सरुवा गरिएको छ। महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय अन्तर्गतमा रहेकी नीता शर्मालाई राष्ट्रिय युवा परिषद्मा सरुवा गरिएको छ।
Advertisement 2
त्यस्तै, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतमा रहेका मेघराज पन्तलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सरुवा गरिएको छ भने भौतिक पूर्वाधार तथा यातायात कार्यालय अन्तर्गत रहेका रामचन्द्र पौडेललाई खानेपानी मन्त्रालयमा सरुवा गरिएको छ। खानेपानी मन्त्रालयअन्तर्गतका सुजन जौजेजुलाई भौतिक पूर्वाधार तथा यातायात कार्यालय अन्तर्गतमा सरुवा गरिएको छ।