जो घर नगई मान्छेलाई जोगाउँदैछन्
कसैले छुनै नमानेका कोरोना संक्रमितलाई अस्पताल पु¥याउनेदेखि कोरोनाकै कारण ज्यान गुमाएकाको अन्तिम संस्कार गर्नेजस्ता कर्ममा सामेल छन् भक्तपुरका ५ युवा ।
तलब, भत्ताका लागि काम गरेको भनौं, राज्यको कुनै निकायबाट फुटेको कौडी पाउने हैन । बरु उल्टै निजी संस्थामा काम गरेर आर्जित ४० प्रतिशत तलबसमेत संस्थाकै लागि खर्चन्छन् । बदलामा यही समाजबाट छिःछि र दुर्दुर भोग्छन् । यद्यपि, रोकिएको छैन उनीहरूको गति ।
आरएनए १६ अर्थात् रेस्क्यु एण्ड अवेरनेस नाम दिइएको यही संस्थाका सदस्यहरूले हो कोरोना संक्रमणका कारण नेपालमा पहिलो पटक ज्यान गुमाएकी सुत्केरीको कसैले छुन नमानेको शवलाई काभ्रेको धुलिखेल अस्पतालबाट आफ्नै गाडीमा राखेर पशुपति आर्यघाटमा ल्याई दाहसंस्कार गरेको । कोरोना संक्रमितलाई बोक्नैका लागि ११ लाख ऋण गरेर किनिएको बा ३ च ३६७६ नम्बरको गाडीलाई मोडिफाइ गरेर कोरोना संक्रमित बोक्न मिल्ने बनाइएको छ ।
Advertisement 1
०७२ सालमा भूकम्प गयो । त्यही समयमा जन्मिएको संस्था हो यो जसले अस्पतालमा बिरामी र लास ल्याउने काम ग¥यो । जसले आगलागी, भूकम्प, पहिरो, बाढीलगायत विपद्मा सक्रिय भएर उद्धार गर्दै आयो । विदेश हुँदै कोरोना नेपाल भित्रिएपछि यो समूहले किनेको गाडी संक्रमितलाई बोक्नमा प्रयोग हुने गरेको छ । शव व्यवस्थापन गर्न यो समूहलाई सेनाको भक्तपुरस्थित गणले डेथ बडी ह्यान्डलिङ ड्रिल तालिम दिएको छ । उनीहरू शवलाई प्लास्टिकमा बेर्नेदेखि गाडीमा राखेर निश्चित क्षेत्रसम्म पु¥याउने काममा पोख्त छन् । टोलीले अहिलेसम्म कोरोनाका कारण ज्यान गुमाएका ४ वटा शवको अन्तिम संस्कार गरिसकेको छ भने सयभन्दा बढी कोरोना संक्रमितलाई विभिन्न अस्पताल पु¥याएको छ ।
समूहका कमाण्डर (अप्रेशन इञ्चार्ज) हुन् अरुण सैंजु । यस्तै राजेश गाइजुु, पुनम कर्माचार्य र न्हुःज किजु सबै भक्तपुरवासी हुन् । अरुण भक्तपुरकै एउटा कलेजमा जागिरे छन् । राजेश पेशाले प्रोफेसर, पुनम स्टाफ नर्स तर जागिर खोसिएको ६ वर्ष बित्यो । न्हुःज भक्तपुर नगरपालिकामा आइटी हेर्दछिन् । संस्थामा महिना दिन अघि एउटी विद्यार्थी पनि जोडिन आइपुगेकी छन्– रिया जोशी स्वयंमसेवीको रूपमा ।
यिनको ४० प्रतिशत तलब संस्थामा जान्छ । त्यो रकम विपतका निम्ति आवश्यक सामाग्रीहरू खरिदमा खर्च गरिँदै आएको पुनम कर्माचार्यले सुनाइन् । संस्था कहिँ कतै दर्ता भएको छैन तर विपतको घडीमा उनीहरूलाई नै सम्झन्छन् नेपाल प्रहरी, एपिएफ, आर्मीहरूसमेत । ६ महिना बित्यो समूह आफ्नो घर नगएको । भक्तपुरमै क्याम्प खडा गरेर कोरोना संक्रमितहरूलाई अस्पताल पु¥याउने काममा सक्रिय छ । भक्तपुर अस्पतालकै कम्पाउण्डमा एउटा पाल बनाई त्यहीँ बस्दै आएको छ ।