आजको मौसम : पहाडी भू–भागमा आंशिक बदली

काठमाडौं। नेपालमा स्थानीय वायु, पश्चिमी वायूको आंशिक प्रभावसँगै भारतको उत्तरप्रदेशदेखि पश्चिम बंगालसम्म फैलिएको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव परेको छ। हाल कोशी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रहेको जल तथा मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ।

Advertisement 1

बाँकी भू–भागमा भने मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्या्ङ हावाहुरीसहित हल्का वर्षा भइरहेको छ। महाशाखाले जारी गरेको बुलेटिनअनुसार कोशी र बाग्मती प्रदेशका थोरै स्थानमा तथा बाँकी पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन/ट्या्ङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी र बाग्मती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना छ। आज राति कोशी, मधेश, बाग्मती, गण्डकी र सुदुरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

प्रकाशित :२०८१ जेष्ठ १९, शनिबार १०:४३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry