नेप्से परिसूचकको ओरालो यात्रा जारी
काठमाडौं। धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार पनि ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १९.८९ अंकले ओरालो लागेर २०६९.५३ मा सीमित भएको छ।
Advertisement 1
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.९० अंकले ओरालो लागेर ३७०.१९ मा सीमित भएको छ। कुल ९८ लाख ६४ हजार ४८२ कित्ता सेयर ४ अर्ब २१ करोड ७४ लाख ९४ हजार १ सय ९५ रुपैयाँ बराबरको कारोबार भएको हो।
नेप्सेका अनुसार नेपाल फाइनान्स, अप्पर लाहुरेखोला हाइड्रोपावर, भगवती हाइड्रोपावरको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ।
Advertisement 2
मनकामना इन्जिनियरिङ ९.९८ र युनिलिभर नेपालका लगानीकर्ताले ९.५० प्रतिशतले कमाएका छन्। पोखरा फाइनान्स १०, कालिञ्चोक दर्शन ७.०८, बाराही हाइड्रोपावर ६.७४, नेपाल वेयरहाउस कम्पनी ५.९६ र कालिका लघुवित्तका लगानीकर्ताले ५.८२ प्रतिशतले गुमाएका छन्।