भौतिक पूर्वाधार तथा यातायात क्षेत्रमा डेढ खर्ब विनियोजन
काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि भौतिक पूर्वाधार तथा यातायात क्षेत्रमा डेढ खर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ।
Advertisement 1
मंगलबार अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षका लागि १ खर्ब ५० अर्ब ५३ करोड रुपैयाँ आगामी आर्थिक वर्षका लागि विनियोजन गरिएको बताएका हुन्।
सरकारले संवैधानिक व्यवस्थाअनुसार मंगलबार (जेठ १५ गते) आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ। जसअनुसार कृषि तथा पशुपन्छी क्षेत्रका लागि ५७ अर्ब २९ करोड रुपैयाँ विनियोजन गरिएको छ।
Advertisement 2
त्यस्तै ऊर्जा क्षेत्रका लागि ५० अर्ब ७४ करोड रुपैयाँ, पर्यटन पूर्वाधारका लागि ५ अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री पुनले जानकारी गराए। त्यस्तै स्वास्थ्य क्षेत्रमा ८६ अर्ब २४ करोड रुपैयाँ र खानेपानी क्षेत्रका लागि २६ अर्ब ६३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। त्यस्तै सहुलियतपूर्ण कर्जाका लागि ११ अर्ब रुपैयाँ विनियोजन गरिएको छ।