कृषिमा लगानी दशक घोषणा, कृषि तथा पशुपन्छीका लागि ५७ अर्ब बजेट विनियोजन

काठमाडौं। सरकारले कृषिमा लगानी दशक घोषणा गरेको छ। अर्थमन्त्री वर्षमान पुनले मंगलबार आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत् २०८१ देखि २०९१ सम्मको अवधिलाई कृषिमा लगानी दशक घोषणा गरेका हुन्।
Advertisement 1
कृषि उपउज भण्डारणका लागप मुलुकका प्रमुख विमानस्थलहरुमा कृषि शीत भण्डार बनाइने घोषणा उनले गरे। त्यस्तै कृषि उपज वस्तु धितो राखेर आगामी वर्षमा कर्जा लिन पाउने व्यवस्था गरिने उनले बताए।
सरकारले कृषि तथा पशुपन्छी क्षेत्रका लागि ५७ अर्ब ९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। आगामी आर्थिक वर्षमा रासायिनक मलका लागि अनुदान घटाइएको पनि मन्त्री पुनले घोषणा गरे।
Advertisement 2
यसअघि सरकारले मंगलबार आगामी आर्थिक वर्षको बजेट संघीय संसद्को दुवै सदनमा पेस गर्न मन्त्रिपरिषद्बाट बजेट पारित गरिएको थियो। मन्त्रिपरिषद्बाट पारित बजेट संघीय संसद्मा मन्त्री पुनले बाचन गरिररहेका छन्।